असोज ०५, २०८१, शनिबार
               

प्रेस काउन्सिलको कार्यवाहक अध्यक्षमा श्रेष्ठलाई यथावत् राख्न सर्वोच्चको आदेश

नेपाल फ्ल्यास
भदौ ०३, २०७७

ADVERTISEMENT

सर्वोच्च अदालतले प्रेस काउन्सिल नेपालको कार्यवाहक अध्यक्षबाट किशोर श्रेष्ठलाई नहटाउन सरकारका नाममा अन्तरिम आदेश दिएको छ । काउन्सिलको कार्यवाहक अध्यक्षमा दुर्गा भण्डारीलाई गरेको नियुक्त गरेको कार्यान्वयन नगर्न सरकारका नाममा सर्वोच्चले आदेश दिएको हो । यसअघि मन्त्रिपरिषद्को बैठकले भण्डारीलाई कार्यवाहक तोक्दै श्रेष्ठलाई हटाएको थियो ।

किशोर श्रेष्ठले आफूलाई कार्यवाहकबाट हटाउने अभिप्रायले नियमावली संशोधन गरेको आरोप लगाएका छन् । आफूप्रति प्रधानमन्त्री केपी शर्मा ओलीको पुरानो तुष रहेको र त्यसकै प्रतिशोध साँध्न नियमावली संशोधन गरेको उनको दाबी छ ।

सरकारले ४० दिन कार्यकाल बाँकी रहेका श्रेष्ठलाई कार्यवाहक अध्यक्षको जिम्मेवारीबाट हटाएर पोखराकी भण्डारीलाई ल्याएपछि सो मुद्दा सर्वोच्चमा पुगेको हो । सरकारले गत साउन २६ गते प्रेस काउन्सिल नियमावलीमा एउटा बुँदा संशोधन गरेर नयाँ कार्यवाहक अध्यक्ष नियुक्तिको बाटो खोलेको थियो । त्यही आधारमा आइतबार मन्त्रीस्तरीय निर्णयबाट भण्डारीलाई काउन्सिल सदस्य नियुक्त गरेर सोमबार मन्त्रिपरिषद्बारा कार्यवाहक अध्यक्ष तोकिएको थियो ।

 

प्रेस काउन्सिल स्वायत्त निकाय हो । प्रेस काउन्सिल ऐन– २०४८ को दफा (३) र (६) ले अध्यक्षको अनुपस्थितिमा बैठकको अध्यक्षता कसले गर्ने भनेर तोक्ने अधिकार काउन्सिल बोर्डलाई दिएको छ । २०७४ सालमा  बोर्णबहादुर कार्कीको कार्यकाल सकिएपछि भवानी बराल अध्यक्ष नियुक्त भएका थिए । उनको योग्यता नपुगेको भन्दै सर्वोच्च अदालतमा मुद्दा परेपछि सर्वोच्चको अन्तरिम आदेशमा उनी ‘निलम्बित’ भएका थिए । त्यसपछि काउन्सिल बोर्डले अध्यक्ष सरह अधिकार उपभोग गर्न पाउने गरी श्रेष्ठलाई कार्यवाहक तोकेको थियो । 


कस्तो लाग्यो ?

यो पनि