मंसिर ०७, २०८१, शुक्रबार
               

प्रदेश सञ्चार विधेयक फिर्ता

रासस
भदौ ०२, २०७७

ADVERTISEMENT

प्रदेश २ को सभाबाट सर्वसम्मति पारित भएको प्रदेश सञ्चार विधेयक प्रदेश प्रमुखले फिर्ता पठाएका छन् । 

प्रमाणीकरणको लागि प्रदेश प्रमुख तिलक परियारसमक्ष पठाइएकामा सो विधेयकमा प्राविधिक त्रुटि रहेको र शब्द संयोजनलगायतका विभिन्न दफा उपदफामा केही त्रुटि रहेकाले सच्याउनका लागि आन्तरिक मामिला तथा कानून मन्त्रालयमा पठाएको बताइएको छ ।  

विधेयकमा प्राविधिक त्रुटि र अधिकांश शब्द संयोजनसमेत नमिलेको कारण देखाउँदै प्रदेश सरकारलाई फिर्ता पठाइएको प्रदेश प्रमुखका सचिव पदम विश्वकर्माले जानकारी दिए । 

प्रदेश २ सरकारको विधेयकले प्रेसमाथि अङ्कुश लगाएको र प्रेस विरोधी रहेको भन्दै विधेयक फिर्ता लिन नेपाल पत्रकार महासङ्घ प्रदेश २ ले माग गर्दै आएको अध्यक्ष दीपेन्द्र चौहानले बताए । 

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि