जेठ ०९, २०८१, बुधबार
               

कोरोना संक्रमणबारे स्थानीय तहका जनप्रतिनिधिलाई यथेष्ट जानकारी गराइयोस् : मानवअधिकार आयोग

नेपाल फ्ल्यास
साउन ३२, २०७७

ADVERTISEMENT

काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले नेपाल सरकारलाई कोरोना भाइरस संक्रमणबारे स्थानीय तहका जनप्रतिनिधिहरूलाई समयमै आवश्यक र यथेष्ट जानकारी गराउन आग्रह गर्दै  पत्र लेखेको छ ।

आयोगले आइतबार एक विज्ञप्ति जारी गरी कोरोना भाइरस संक्रमणबारे स्थानीय तहका जनप्रतिनिधि समयमै आवश्यक र यथेष्ट जानकारी गराउन आग्रह गर्दै  पत्र लेखेको जानकारी दिएको हो । 

आयोगले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई संबोधन गरी पत्र लेखेको छ ।

कतिपय स्थानीय तहले आफ्नो क्षेत्रभित्र कहाँ र के कति संख्यामा संक्रमित छन् र परिवार तथा समुदायको संरक्षणका लागि के कस्तो पहल गर्नुपर्ने भन्ने जानकारी प्राप्त हुन नसकेको गुनासो विज्ञप्तिमा उल्लेख गरिएको छ । 

यसका अलवा सो विज्ञप्तिमा आफ्नो इलाकाभित्र कोरोना संक्रमण भएका व्यक्तिहरूको सूचना जनस्वास्थ्य कार्यालय तथा स्वास्थ्य मन्त्रालयबाट प्राप्त हुन नसकेको गुनासो स्थानीय तहहरूको रहेको उल्लेख गरिएको छ । 

त्यसैगरी आयोगले संक्रामक रोग समुदायमास्तरमा फैलिन नदिन आमनागरिकको स्वास्थ्यको अधिकार र भयरहित वातावरणमा बाच्न पाउने अधिकार संरक्षणका लागि संवेदनशील हुन पनि आग्रह गरेको छ ।

यो पनि