जेठ ०६, २०८१, आइतबार
               

नेटवर्किङ व्यवसायबारे अध्ययन गर्न गठित संसदको उपसमितिका सदस्य विभाजित

नेपाल फ्ल्यास
साउन ३२, २०७७

ADVERTISEMENT

काठमाडौं । नेटवर्किङ व्यवसायबारे अध्ययन उपसमितिका सदस्य नै विभाजित भएका छन् । 

नेटवर्किङ व्यवसायबारे अध्ययन गर्न गठित संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति अन्तर्गतको उपसमिति नै विभाजित भएको हो ।

कानुनी छिद्र खोजेर सञ्चालन भएको भन्दै सो व्यवसायको विरोध भएको थियो । सो नेटवर्किङ व्यवसाय गैरकानुनी भएको भन्दै प्रतिनिधिसभामा विरोध भएपछि सो समिति गठन गरिएको थियो । 

प्रत्यक्ष बिक्रीसम्बन्धी कानुनका आधारमा दर्ता भएका कम्पनीले नेटवर्किङ व्यवसाय गरेको भन्दै उजुरी परेपछि समितिले अध्ययनका लागि उपसमिति गठन गरिएको थियो । तर, उपसमितिमा प्रत्यक्ष बिक्रीका नाममा व्यवसाय गर्न दिनुपर्ने र दिन नहुने दुईथरी मत रहेको एक सदस्यले बताए ।

यो पनि