जेठ ०९, २०८१, बुधबार
               

सोमबार बिहान नेकपा सचिवालय बैठक बस्ने

नेपाल फ्ल्यास
साउन ३२, २०७७

ADVERTISEMENT

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सचिवालय बैठक बोलाएको छ । लामो समयदेखि विवादमा रुमलिएको नेकपाले सोमबार बिहानका लागि सचिवालय बैठक बोलाएको हो ।

बैठक सोमबार बिहान साढे ९ बजेका लागि बोलाइएको बताइएको छ । सो बैठकले नेकपाको विवाद सुल्झ्याउन गठन गरिएको कार्यदललाई औपचारिकता र कार्यदेश दिने र पार्टीभित्रका अन्य विषय छलफल हुने बताइएको छ । 

नेकपाभित्रको विवाद पोखरीमा पानी जमेझै जमिरहेका बेला बिहीबार विवाद मिलाउन महासचिव विष्णु पौडेलको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन गरिएको थियो ।

तर, नेकपाकै वरिष्ठ नेता माधव कुमार नेपाल, झलनाथ खनाललगायतले गठित कार्यदललाई पार्टी कमिटीबाट अनुमोदन गरेर वैधानिकता दिनुपर्ने माग गरेपछि सो बैठक बलाइएको हो । 

बैठकमा सरकारको कामकारबाही पनि समीक्षा हुने बताइएको छ । प्रधानमन्त्री निकट स्रोतका अनुसार प्रधानमन्त्री ओली सचिवालयमा रहेका प्रधानमन्त्री भइसकेका बाहेक सबैलाई समेट्ने गरी मन्त्रिपरिषद पुनर्गठन गर्ने तयारी गरेका छन् ।

यो पनि