जेठ ०५, २०८१, शनिबार
               

'नागरिकले नियम पालना नगरे सरकारले मात्र कोरोना नियन्त्रण गर्न सक्दैन'

नेपाल फ्ल्यास
साउन ३२, २०७७

ADVERTISEMENT

काठमाठौं । नागरिकले नियम पालना नगरे सरकारले मात्र कोरोना नियन्त्रण गर्न नसक्ने गृहमन्त्री रामबहादुर थापाले बताएका छन् । 

गृहमन्त्री थापाले कोरोना रोकथाम तथा नियन्त्रणका लागि सुरक्षाका नियमहरू पालन गर्न सर्वसाधारणलाई अपील गरेका छन् । थापाले कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको बन्दाबन्दीको सबै नियमहरू पालना गर्न अपील गरेका हुन् ।

सरकारले मात्रै कोरोना रोकथाम तथा नियन्त्रणका लागि काम गरेर नहुने भन्दै सबै नागरिकले सचेतन हुनुपर्ने गृहमन्त्री थापाकाे भनाइ छ । 

गृहमन्त्री थापाले सरकार र नागरिक एकसाथ सचेत भई नियमहरू पालना गरेमा संक्रमणलाई नियन्त्रण गर्न सकिने बताए । कोरोना रोकथाम तथा नियन्त्रणका लागि बन्दाबन्दी लागू भएपनि फेरि संक्रमण बढिरहेकाले सरकारले केही कडाई गरी नियन्त्रणको प्रयास गरिरहेको गृहमन्त्री थापाले बताए ।

अहिले देशमा बाढी पहिरो र कोरोना संकट एकैपटक आएकाले यसको समाधानमा जटिलता पैदा भएको गृहमन्त्री थापाले बताए । कोरोनाको लागि कोभिड १९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) क्रियाशिल रहेको र बाढी पहिरोको लागि विपद जोखिम न्यूनीकरण व्यवस्थापन समितिले काम गरिराखेको थापाले जानकारी दिए ।


कस्तो लाग्यो ?

यो पनि