जेठ ०८, २०८१, मंगलबार
               

ट्रम्प-सी र ओली-दाहालबीच कुरा मिल्नु उस्तै हो : भट्टराई

नेपाल फ्ल्यास
साउन ३०, २०७७

ADVERTISEMENT

काठमाडौं । जसपाका नेता तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले नेकपाका अध्यक्षद्वयबीच कुरा मिल्नु भनेको डोनाल्ड ट्रम्प र सी जिनपिङबीच कुरा मिल्नुजस्तै भएको बताएका छन् । 

शुक्रबार गृहजिल्ला गोरखा पुगेका उनले सरकार कोभिड–१९ को संक्रमण रोकथाम र नियन्त्रणमा लाग्नुपर्ने बेला सरकार पार्टीको आन्तरिक झगडामा केन्द्रित भएको बताउँदै यस्तो बताएका हुन् ।

यसका अलवा उनले नेकपाभित्रको खिचातानीलाई नरेन्द्र मोदी र केपी ओलीको वार्ता भएजस्तो पनि भएको बताए । 

‘यस्ता नेता छानेका छौँ, जुन नेताहरु कोरोनाको बेला आफ्नो पार्टीको झगडाका निम्ति महिनौं बैठक गर्नुहुन्छ,’ उनले भने, ‘समाचार हेर्नुभयो भने मान्नुस् केपी ओली र प्रचण्डको वार्ता हुनु भनेको डोनाल्ड ट्रम्प र सी जिनपिङको वार्ता भएजस्तो हो,’ भट्टराईले भने, ‘नरेन्द्र मोदी र केपी ओलीको वार्ता भएजस्तो हो, उहाँहरुको वार्ता कहिले हुन्छ भनेर कुरेर बस्ने बेला हो ? योभन्दा मजाक के हुन सक्छ ?’

जसपा नेता भट्टराईले  हाल  सरकार पीसीआर परीक्षणको दायरा नबढाइ उल्टो दिशातर्फ  अघि बढेको बताएका छन् । 

अस्पतालमा उपकरण खोज्ने भेन्टिलेटरको व्यवस्था गर्नुपर्ने बेलामा राम मन्दिर बनाउने रे भन्दै यो अयोध्या सिर्जना गर्ने बेला नभएको उनले बताए । 

उनले भने, ‘अस्पताल बनाउने बेला हो ? उहाँहरु उल्टो दिशातर्फ जानुभएको छ, देशलाई धरापमा पारिराख्नुभएको छ ।’ चार महिनाको बन्दाबन्दीमा कोरोना संक्रमण रोकथाम र नियन्त्रणको तयारीमा सरकार चुकेको छ ।’

साथै, उनले सरकार स्पष्ट नीतिबिना चलिरहेको बताउँदै उनले नेकपालाई पाँच वर्ष सरकार चलाउने म्यान्डेट दिएकाले यो सबै उसले नै व्यवस्थापन गरोस् भन्ने आमनेपालीको भरोसालाई धोका दिएको बताए । 

‘अहिले जुन ढंगले सरकार विहीनताको अवस्थामा देश छ, यो नेकपाको आन्तरिक मामिला मात्र नभएर नेपाली जनताको पनि चासोको विषय बनेको छ,’ भट्टराईले भने । केपी ओलीजस्तो गैरजिम्मेवार मान्छे सरकारको नेतृत्वमा रहेकाले देश लहडमा भरमा चलेको बताए । 

सरकारमा केपीजस्तो स्पष्ट नीति नभएकाहरु सरकारमा रहँदासम्म देशले दुख पाउने उनको भनाइ थियो । 

साथै, उनले नेकपाको सरकार लहडको भरमा चलेको आरोप पनि लगाएका छन् । 

यो पनि