जेठ ०५, २०८१, शनिबार
               

बिना मास्क सयौँको भीडमा रिबन काट्न पुगे मुख्यमन्त्री शेरधन राई, कार्यकर्ता असन्तुष्ट

नेपाल फ्ल्यास
साउन ३०, २०७७

ADVERTISEMENT

विराटनगर । मुख्यमन्त्री शेरधन राईले बिहिबार झापामा करिब ३ सय जनाको सघन उपस्थितिमा भौतिक दूरी कायम नगरी र मास्क पनि नलगाई ४ वटा उद्घाटन कार्यक्रम भ्याएपछि सामाजिक सञ्जालमा यसको तीव्र आलोचना भएको छ।

मुख्यमन्त्रीको कार्यालयका अनुसार मुख्यमन्त्री राईले बिहीबार झापाको अर्जुनधारामा २ वटा सडक, १ दुग्ध सङ्कलन केन्द्र र श्रीकृष्ण–अर्जुनको रथ तथा प्रतिमाको उद्घाटन गरेका थिए ।

सङ्घीय सरकारले सार्वजनिक सभा–समारोह नगर्ने, २५ जनाभन्दा धेरै भेला नहुने, भेला हुँदा भौतिक दूरी कायम राख्ने र अनिवार्य मास्क लगाउने भन्ने मापदण्डको निर्माण गरे पनि ४ वटै कार्यक्रममा यसको पालन गरिएको थिएन। 

मुख्यमन्त्री राईसँगै प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री रामबहादु राना पनि सहभागी थिए। राज्यमन्त्री रानाले भने नाक नछोपी चिउँडोमात्र छोपेर मास्क लगाएको पाइएको छ । सबै कार्यक्रममा कतिपय स्थानीय सहभागीले मास्क लगाएका थिएनन् भने कतिले चिउँडो मात्र छोपेर लगाएका थिए ।

कार्यक्रममा मुख्य मन्त्री राईले आफ्नो मन्तव्यमा सरकारले जनताको घरघरमा पुगेर सेवा दिइरहेको छ भनेर भाषण गरेका थिए । उनको अहिले सामाजिक संजालमा व्यापक विरोध भइरहेको छ ।


कस्तो लाग्यो ?

यो पनि