जेठ ०५, २०८१, शनिबार
               

ओली-प्रचण्डबीच छलफल, विवाद समाधानका लागि ६ सदस्यीय कार्यदल गठन

नेपाल फ्ल्यास
साउन ३०, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा आज पनि छलफल चलिरहेको छ ।

पार्टीभित्र देखिएको विवाद समाधानका लागि दुई अध्यक्षबीच भेटवार्ता भएको हो । यसअघि हिजो (बिहीबार) पनि दुई अध्यक्षबीच वार्ता भएको थियो ।

पार्टीको दोस्रो तहका नेताहरुले तयार पारेको सहमतिको खाकाबारे दुई अध्यक्षबीच छलफल भइरहेको बताइएको छ । 

बिहीबार भएको छलफलमा ओलीले प्रचण्डलाई अझ कार्यकारी अधिकार दिने, केन्द्रीय कमिटिलाई महाधिवेशन आयोजनक कमिटिमा रुपान्तरण गर्ने, आउँदो चैतमा महाधिवेशन गर्ने, आफूलाई पूरा कार्यकाल प्रधानमन्त्री बनाउनुपर्ने लगायतका प्रस्ताव पेश गरेका थिए ।

ओलीको उक्त प्रस्तावबारे अन्य नेतारुसँग छलफल गरेर जवाफ दिने बताउँदै प्रचण्ड बिहीबार बालुवाटारबाट निस्किएका थिए ।

कार्यदल गठन

यसैबीच पार्टीभित्र देखिएको विवाद समाधान गर्नका लागि ६ सदस्यीय कार्यदल गठन गरिएको छ । आज दुई अध्यक्षबीच कार्यदल बनाउने सहमति भएको बालुवाटार स्रोतले जानकारी दिएको छ ।

पार्टीको विवाद समाधानको लागि सुझाव पेश गर्न महासचिव विष्णु पौडेलको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन भएको हो ।

कार्यदलमा महासचिव विष्णु पौडेल, जर्नादन शर्मा, शंकर पोखरेल, भीम रावल, पम्फा भुषाल र सुरेन्द्र पाण्डे रहेका छन् । 

कार्यदलले छिट्टै पार्टीको विवाद सुल्झाउने गरी काम गर्ने एक नेताले जानकारी दिए ।

यो पनि