जेठ ०५, २०८१, शनिबार
               

सकियो ओली-प्रचण्ड वार्ता

नेपाल फ्ल्यास
साउन २९, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको भेटवार्ता सकिएको छ ।

बिहीबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटवार्तामा पार्टीभित्र देखापरेका समस्याबारे छलफल भएको थियो ।

आजको बैठकमा स्थायी कमिटी बैठकलाई निरन्तरता दिने विषयमा पनि छलफल भएको बालुवाटार स्रोतले जनाएको छ ।

आजको बैठक सकारात्मक भएको र दुवै अध्यक्षबीच पुनः छलफललाई निरन्तरता दिने विषयमा सहमति भएको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा जुगलले जानकारी दिए ।

दुइृ अध्यक्षबीच शुक्रबार पुनः छलफल हुने समेत उनले जानकारी दिए । 

पार्टी महाधिवेशनको कार्यतालिका, अधिकार बाँडफाँड, वैचारिक बहस, आलोचना र आत्मआलोचना, मन्त्रिपरिषद् हेरफेर लगायतका विषयमा आजको बैठकमा छलफल भएको बालुवाटार स्रोतले जनाएको छ।

अध्यक्ष प्रचण्डले स्थायी कमिटी वा केन्द्रीय कमिटीको बैठक बोलाउन माग गर्दै आएका छन् । तर, प्रधानमन्त्री ओलीले कोरोना भाइरसको संक्रमण बढिरहेको अवस्थामा सचिवालय बैठक बोलाउनु उपयुक्त हुने जवाफ दिएका छन् ।

यो पनि