जेठ ०५, २०८१, शनिबार
               

ओलीलाई भेट्न बालुवाटार पुगे प्रचण्ड

नेपाल फ्ल्यास
साउन २९, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुई अध्यक्षबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् ।

आज (बिहीबार) बिहान प्रचण्ड बालुवाटार पुगेका हुन् । भेटमा पार्टीभित्र देखिएको विवाद समाधान लगायतका विषयमा छलफल हुने बताइएको छ ।

स्थायी कमिटी बैठकमा प्रचण्ड–माधव नेपाल पक्षका नेताहरुले ओलीको राजीनामा मागेपछि नेकपामा विवाद बढेको छ । 

राजीनामा नदिने ओलीको अडान र अध्यक्ष वा प्रधानमन्त्रीमध्ये कुनै एक पद त्याग्नुपर्ने ओली इतर समूहको दबावका कारण स्थायी कमिटी बैठक पनि स्थगित हुँदै आएको छ ।

यो पनि