जेठ ०७, २०८१, सोमबार
               

नेकपाले गर्यो स्वास्थ्य सामग्री र घरेलु औषधि वितरण

नेपाल फ्ल्यास
साउन २९, २०७७

ADVERTISEMENT

विराटनगर । नेपाल कम्युनिष्ट पार्टी विराटनगर–८ ले बुधबार कोरोना संक्रमित भएर होम आइसोलेसनमा रहेकालाई स्वास्थ्य सामग्री र घरेलु औषधि वितरण गरेको छ । संक्रमित बसेको घरमा पुगेर स्यानेटाइजर, मास्क, पाञ्जा वितरण गरिएको वडा कमिटी अध्यक्ष राम पोखरेलले जानकारी दिए । 

यसैगरी घरेलु औषधि गुर्जो, दालचिनी, अदुवा, बेसार वितरण गर्नुका साथै संक्रमित बसेको घरलाई निर्मलीकरण गरिएको उनले बताए । विराटनगर–८ मा १७ जना संक्रमित होमआइसोलेसनमा रहेका छन् भने उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको वडा सहइञ्चार्ज सरस्वती ओझाले बताइन् । स्वास्थ्य सामग्री र घरेलु औषधि वडाकमिटी सदस्य भुवन राजवंशी, पवित्रा रायलगायतले वितरण गरेका थिए ।


कस्तो लाग्यो ?

यो पनि