मंसिर ०७, २०८१, शुक्रबार
               

नेकपामा लागेको भाइरसको अनुसन्धान गरी खोप निर्माण गर्न जरुरी छ : मुख्यमन्त्री गुरुङ

नेपाल फ्ल्यास
साउन २७, २०७७

ADVERTISEMENT

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले कोरोनाभन्दा पनि नेकपाको भाइरसले बढी दुःख दिएको बताएका छन् । 

नेपाल आदवासी जनजाति पत्रकार महासंघ, गण्डकीले पोखरामा गरेको कार्यक्रममा नेकपा गण्डकी प्रदेश, इन्चार्जसमेत रहेका मुख्यमन्त्री गुरुङले  यस्तो बताएका हुन् । 

‘अहिले हामी संक्रमण नै संक्रमणमा छौँ, अत्यास नै अत्यासमा छौँ । तर, कोरोनाले भन्दा पार्टीको भाइरसले दुःख दिइराछ,’ उनले भने, ‘सरकारको कमजोरी छ भने छलफल गर्ने हो, तर सानो गल्तीमा सरकार फेरेर जनताको जनमतको अपमान गर्ने अधिकार कुनै नेतालाई छैन । हाम्रो पार्टीलाई पनि छैन, हाम्रो नेतालाई पनि छैन ।’

साथै, उनले पार्टीमा चर्किएको आन्तरिक विवादलाई इंकित गर्दै गुरुङले पार्टीभित्र देखिएको भाइरसको खोप अनुसन्धान गर्नुपर्ने बताएका छन् । 

यसका अलवा उनले  पाँच वर्ष यही सरकारलाई निरन्तरता दिनुको विकल्प नभएको बताएका छन् । अस्थिर सरकारका कारण देशले दुःख खेपेको र अहिले सरकार परिवर्तन गर्दा लोकतन्त्र र राष्ट्रियतामाथिकै प्रहार हुने भन्दै उनले यस्तो बताएका हुन् ।

पटक-पटक कांग्रेसले प्राप्त गरेको  बहुमत र त्यसका कारण कांग्रेसमा भएको झगडालाई स्मरण गर्दै उनले  हाल दुई कम्युनिस्ट पार्टी मिलेर बहुमत ल्याएकाले इतिहास रच्ने हो भने दायाँ बायाँ नगरी यो सरकारलाई निरन्तरता दिनुपर्ने बताए । 

कम्युनिस्टले मात्र बहुमतको सरकार टिकाउन सक्यो, लोकतन्त्र, गणतन्त्रको जग बसाल्न सक्यो, समाजवादको यात्रा तय गर्न सक्यो भनेर देखाउने यो  बेला भएको बताए ।

‘सरकारले सिमाना बचाउने, नक्सा जारी गर्नेजस्ता ऐतिहासिक काम गरेको छ,’ उनले भने,  ‘तर, अहिले नेकपामा जुन खालको भाइरस लागेको छ, यो भाइरसबारे अनुसन्धान गरी खोप निर्माण गर्न जरुरी छ ।’

यो पनि