मंसिर ०७, २०८१, शुक्रबार
               

राष्ट्रपतिले गरिन् चिन्ता व्यक्त

नेपाल फ्ल्यास
साउन २३, २०७७

ADVERTISEMENT

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी चिन्ता व्यक्त गरेकी छिन् । 

राष्ट्रपति विद्यादेवी भण्डारीले कोभिड-१९ महामारीको रोकथाम, नियन्त्रण र उपचारका लागि सरकारले हालसम्म गरेका कामबारे राष्ट्रपतिलाई जानकारी गराउन उपप्रधानमन्त्री पोखरेल, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र स्वास्थ्यमन्त्री भानुभक्त ढकालसँग चिन्ता व्यक्त गरेकी हुन् । 

सो भेटमा उनले कोरोनाको संक्रमण बढेको बताउँदै सरकारले कोरोना भाइरसको रोकथामका लागि जारी गरेका निर्देशन र मापदण्ड पालना गर्न सुझाव दिएकी छिन् । 

शुक्रबार कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिका संयोजक उपप्रधानमन्त्री ईश्वर पोखरेल र अन्य मन्त्रीहरु राष्ट्रपति कार्यालय गएका थिए । 

उनले कोरोना भाइरस महामारीको रोकथाम तथा नियन्त्रणका लागि सरकारले चालेका कदम र यसका लागि अपनाएका उपाय प्रभावकारी रहेको भन्दै राष्ट्रपति भण्डारीले बन्दाबन्दीको कारण शहरी क्षेत्रमा दैनिक ज्यालादारी गर्नेलगायत निजी क्षेत्रका उद्योग व्यवसायका श्रमिकले रोजगारी गुमाउनुपरेकामा  पनि चिन्ता व्यक्त गरिन् ।

यो पनि