जेठ ०६, २०८१, आइतबार
               

बाबुरामको वरीयता मिलाउन जसपालाई सकस

नेपाल फ्ल्यास
साउन २३, २०७७

ADVERTISEMENT

पूर्वप्रधानमन्त्री डा.बाबुराम भटराईको वरीयतालाई लिएर जनता समाजवादी पार्टी (जसपा) नेपालभित्र मत बाझिएकाे छ । पूर्वसमाजवादी खेमाका नेताले डा.भटराईको वरीयता मिलाउन बाँकी रहेको बताउँदै आएका छन् । तर, पूर्वराजपा खेमाका नेताले भने केन्द्रीय कार्यकारणी समितिमा उल्लेख भइसकेपछि अब त्यस विषयमा थप केही गर्नु नपर्ने तर्क अघि सारेका छन् ।

बुधबारदेखि जपसाको पहिलो केन्द्रिय कार्यकारणी समितिको बैठक सुरु भएको छ । बैठकका सातवटा एजेन्डामध्ये एउटा कार्यविभाजन पनि हाे । तर, यो एजेन्डालाई लिएर पनि पार्टीभित्र दुईथरी मत देखिएको छ । ६ दिनसम्म चल्ने भनिएको बैठकको कार्यतालिका तीन दिनलाई छोट्याएपछि शुक्रबार जपसा बैठकले निर्णय गर्नुपर्ने देखिन्छ । तर, नेताहरु बैठककाे  एजेन्डाबारे अन्योलमा  छन् । 

निर्वाचन आयोगमा दल दर्ताका लागि केन्द्रीय कार्यकारणी समितिकाे विवरण बुझाउँदा डा. भटराईलाई वरिष्ठ नेताको रुपमा चौंथो वरीयतामा राखिएको थियो । त्यतिबेला पूर्वसमाजवादी पक्षका नेताहरुले डा. भटराईको वरीयता पछि मिलाउने बताएका थिए । 

आयोगमा बुझाएको केन्द्रीय कार्यकारणी समितिमा महन्थ ठाकुर र उपेन्द्र यादव अध्यक्षद्वयसहित अशोक राई, डा. भट्टराई र राजेन्द्र महतो वरिष्ठ नेताको रुपमा रहने गरि ५१ सदस्यीय कार्यसमिति पठाइएको थियो । 

वरियताको पहिलो नम्बरमा ठाकुर रहेपछि डा. भटराई आफैँले आफ्नो नाम चाैंथो वरीयतामा राखेर जसपा दर्ता भएकाे थियाे । त्यतिबेलै  याे विषयले चर्चा पाएको थियो । 

ठाकुर निकट नेता वृषेशचन्द्र लाल कार्यकारणी समितिमा उल्लेख भएअनुसार नै डा. भटराईको वरीयता मिलिसकेको र अब त्यसबारेमा पार्टीभित्र कुनै एजेन्डा नभएको बताउन्छन् । ‘उहाँ संघीय परिषद् अध्यक्ष पनि हुनु हुन्छ’ उनले भने, ‘तर वरियताका बारेमा अब खासै समस्या छैन ।’ 

जसपाका कतिपय नेताका अनुसार पार्टी एकिकरण गरेर दर्तामा जाँदा वरीयतामा डा. भट्टराई पहिलो नम्बरमा, ठाकुर र यादव दोस्रो तथा तेस्रो नम्बरमा राखिएकाे थियाे । तर, ठाकुरले नमानेपछि नेताहरुले डा. भट्टराईको नाम दोस्रो वरीयतामा राखेका थिए । तर, आयोग जाने बेलाको लिखित हेर्दा डा. भट्टराई आफैँले आफनो नाम दुई नम्बरबाट काटेर चार नम्बरमा पुर्‍याएका थिए। 

एकथरीले भने भट्टराईले आफ्नो वरीयता घटाउनुलाई असन्तुष्टिको रुपमा लिएका छन् । ठाकुर निकट नेताहरुले अब कार्यकारणी समितिकै नामावली अनुसार पार्टी अघि बढ्ने तर्क गरेका छन् । 

शिर्ष नेताहरुले यस विषयमा मुख खालेका छैनन् ।


कस्तो लाग्यो ?

यो पनि