जेठ ०५, २०८१, शनिबार
               

संक्रमितको संख्या बढेसँगै सिंहदरबार प्रवेशमा कडाइ

नेपाल फ्ल्यास
साउन २१, २०७७

ADVERTISEMENT

कोरोना भाइरस संक्रमित बढ्दै गएपछि मुलुकको मुख्य प्रशासनिक निकाय सिंहदरबार प्रवेशमा कडाइ थालिएको छ ।

गृह मन्त्रालयका अनुसार सिंहदरबारमा काम विशेषले जानेका लागि दिइँदै आएको भिजिटर पास र इ–पास बन्द गरिएको छ ।

काठमाडौं उपत्यकामा कोरोना संक्रमितको सख्या बढेसँगै कडाइ गरिएको हो । 

यस्तै कर्मचारी र यसअघि नै पास पाइसकेकाको हकमा भने स्वास्थ्य सुरक्षा मापदण्ड पुरा गरेर प्रवेश दिइएको छ । पछिल्लो समय काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या बढ्दो क्रममा छ ।

कोरोना संक्रमितको सख्या बढेसँगै उपत्यका भित्रिने नाकाहरूमा चेकजाँचमा कडाइ गरिएको छ । 

सरकारले लकडाउन केही खुकुलो गरेसँगै विभिन्न नाका हुँदै काठमाडौँ प्रवेश गर्नेहरूको संख्या बढ्दै गएपछि केही दिन नाकामै स्वाव संकलन गरिएको थियो ।

सरकारले अहिले भने सवारी पास जाँचमा पनि कडाइ गरेको हो । उपत्यका प्रवेश पास नभएका सवारी साधनलाई प्रहरीले नाकाबाटै फिर्ता पठाएको छ ।

यसअघि नाकासम्म एउटा सवारी सधानमा आएर पैदल हुँदै उपत्यका प्रवेश गर्ने र उपत्यका छिरेपछि अर्को गाडीमा आउने गरेका यात्रुहरूलाई पनि रोक लगाइएको छ ।

प्रहरीले आज पैदल हिँडेर प्रवेश गर्न खोज्ने विना पासका यात्रुहरू सबैलाई फर्काएको छ ।


कस्तो लाग्यो ?

यो पनि