जेठ ०७, २०८१, सोमबार
               

ओलीविरुद्ध थप रणनीति तय गर्न दहाल–नेपाल समूह छलफलमा

नेपाल फ्ल्यास
असार १७, २०७७

ADVERTISEMENT

काठमाडौं । नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध थप रणनीति तय गर्न अध्यक्ष दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल छलफलमा जुटेका छन् । 

प्रधानमन्त्री ओलीले बुधबार बिहान आफूनिकट नेताहरुसँग छलफल गरेकै दिन दाहाल–नेपाल गुट छलफलमा जुटेका हुन् । 

जारी छलफलमा अध्यक्ष दाहाल, वरिष्ठ नेताद्वय झलनाथ खनाल र नेपाल, उपाध्यक्ष बामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठलगायत स्थायी कमिटी सदस्य सहभागी छन् । 

ललितपुरको एक होटलमा करिब एक घण्टादेखि जारी छलफलले प्रधानमन्त्री ओलीबारे थप रणनीति बनाउन बताइएको छ ।

पछिल्लोसमय प्रधानमन्त्री केपी शर्मा ओलीको विपक्षमा नेकपाका अर्का अध्यक्ष र वरिष्ठ नेता खुलेर लागेका छन् । 

मंगलबारको बैठकमा अध्यक्ष दाहालले सीधै  पार्टी अध्यक्ष तथा प्रधानमन्त्रीको दुवै पदबाट राजीनामा मागेका थिए । 

स्थायी कमिटी सदस्यहरुले पनि ओलीको राजीनामा मागेका छन् । 


कस्तो लाग्यो ?

यो पनि