बैशाख १७, २०८१, सोमबार
               

शोक प्रस्ताव पारित गर्दै दुवै सदनको बैठक स्थगित

नेपाल फ्ल्यास
असार १७, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाली कांग्रेसका सांसद ज्ञानकुमारी छन्त्यालको निधनमा शोक प्रस्ताव पारित गर्दै प्रतिनिधिसभा र राष्ट्रिय सभाका दुवै बैठक स्थगित भएका छन् । 

बुधबार बाेलाइएकाे दुवै बैठकमा शोक प्रस्ताव पारित गर्दै स्थगित गरिएकाे हो । २०७४ सालमा नेपाली कांग्रेसको तर्फबाट समानुपातिक निर्वाचित छन्त्यालको आज निधन भएको हाे ।

यस्तै सांसद छन्त्यालको निधनमा शोक प्रस्ताव पारित गर्दै राष्ट्रिय सभाकाे बैठक पनि स्थगित भएको राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले बताए ।

प्रतिनिधिसभाको अर्को बैठक असार २२ गते १ बजेका लागि बाेलाइएकाे सभामुख अग्निप्रसाद सापकोटाले बताए ।

यो पनि