जेठ ०७, २०८१, सोमबार
               

संसदलाई बहाना बनाएर नेकपा स्थायी कमिटी बैठक स्थगित

नेपाल फ्ल्यास
असार १७, २०७७

ADVERTISEMENT

काठमाडौं । आन्तरिक कलहमा रुमलिएको सत्तासीन नेकपा स्थायी कमिटी बैठक एक घण्टा बसेर स्थगित भएको छ । 

स्थायी कमिटीको पाँचौ दिनको बैठक संसदको बहाना देखाएर स्थगित गरिएको हो । बारम्बार बैठक छल्दै आएका प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली बुधबार भने उपस्थित भएका थिए ।

आजको बैठकमा योगेश भट्टराई, लिलामणि पोखरेल, मातृका यादवलगायत पाँच जनाले आफ्नो धारणा राखेका थिए ।

प्रधानमन्त्री ओली सरकार र पार्टी दुवै मोर्चामा असफल भएको भन्दै हिजो मंगलबारको बैठकमा अर्का अध्यक्ष पुष्पकमल दाहाल, नेताहरू माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठले राजीनामा मागेका थिए । 

प्रधानमन्त्रीको राजीनामा मागिसकेको अवस्थामा नेकपा स्थायी कमिटीको बैठकलाई महत्वका साथ हेरिएको छ । 


कस्तो लाग्यो ?

यो पनि