जेठ ०५, २०८१, शनिबार
               

मलेसियामा नेपाली सेक्युरिटी गार्डमाथि भएको कुटपिटबारे सोधखोज सुरु

नेपाल फ्ल्यास
साउन १६, २०७७

ADVERTISEMENT

काठमाडौं । मलेसियामा नेपाली सेक्युरिटी गार्डमाथि गरिएको कुटपिटलाई लिएर नेपाली राजदूतावास क्वालालम्पुरले सोधखोज सुरु गरेको छ । 

शुक्रबार सामाजिक सञ्जालमा एक सुरक्षा गार्डमाथि कुटपिट गरिएको भिडियो भाइरल भएपछि क्वालाम्पुरस्थित राजदूतावासले सोधखोज सुरु गरेको हो । 

सो घटनाको थप अनुसन्धानका निम्ति राजदूतावासको पहलमा मलेसिया प्रहरीमा प्रारम्भिक उजुरी गरिसकिएको बताइएको छ । 

यद्यपि उनी को हुन् र किन कुटपिट गरिएको हो भन्ने पत्ता लागिसकेको छैन । मलेसियास्थित नेपाली दूतावासले भिडियो सम्बन्धमा गम्भीर ध्यानाकर्षण भएको बताएको छ ।

यो पनि