काठमाडौं । वाग्मती प्रदेशका प्रमुख विष्णुप्रसाद प्रसाईले दुईवटा विधेयक प्रमाणीकरण गरेका छन् ।
प्रदेशसभाकोे बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेश हुन आएका दुई विधेयक नेपालको संविधानको धारा २०१ को उपधारा २ बमोजिम उनले प्रमाणीकरण गरेका हुन् ।
प्रमाणीकरण गर्नुभएको विधेयकमा केही प्रदेश ऐनलाई संशोधन गर्न बनेको विधेयक–२०७७ र प्रदेशभित्र सुशासनको प्रत्याभूति गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक–२०७७ रहेको प्रदेश प्रमुख सचिवालयका कानून अधिकृत राजेशकुमार तामाङले जानकारी दिए ।