काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापित शेरबहादुर देउवाको प्रतिवादमा उत्रिने बताएका छन् ।
आगामी महाधिवेशन प्रभावित पार्ने गरी गतिविधि गर्न सुझाव दिए पनि देउवाले सोलाई बेवास्था गरी अगाडि बढेको भन्दै पौडेलले बिहीबार यस्तो बताएका हुन् ।
बिहीबार वरिष्ठ नेता पौडेलले आफू र महामन्त्रीले यसअघि पत्र लेखेरै सभापति देउवालाई ध्यानार्षण गराएको बताएको बताए ।
‘तर, सभापतिले सुुन्नुभएन,’ उनले भने, ‘जहिलेसम्म सुन्नुहुन्न तबसम्म दबाब बढाउँदै लैजान्छौँ ।’
यसका अलवा उनले आफूले विधानविपरीत भएका गतिविधिलाई नै महाधिवेशनको एजेण्डा बनाउने घोषण गरेका छन् ।