काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको भेलाले पार्टी सभापित शेरबहादुर देउवालाई महाधिवेशनमा निष्पक्षताको ग्यारेन्टी गर्न आग्रह गरेको छ ।
बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको पौडेल समूहको बैठकले सभापित देउवासँग यस्तो आग्रह गरेको हो ।
सो भेलामा सहभागी नेताहरुले पार्टी सभापतिले एकपक्षीय रुपमा विभागहरु गठन तथा मनोनयनजस्ता गतिविधि अघि बढाएको भन्दै विरोध जनाएका छन् ।
यसका अलवा उनीहरुले यस्ता गतिविधि रोक्न सभापति शेरबहादुर देउवाको गम्भीर ध्यानाकर्षण गराएका छन् ।