लिम्पियाधुरामा नेपालीको आवतजावतमा बाधा नगर्नु भन्दै जिल्ला प्रशासन कार्यालय, दार्चुलाले भारतको धार्चुला जिल्ला मजिस्ट्रिटलाई जवाफ पठाएको छ ।
लिम्पियाधुरालगायत हाल विवादित देखिएका भूमिमा अवैद्य रुपमा नेपाली प्रवेश गरेको भन्दै सो क्षेत्रमा आवतजावत नगर्न र नगराउन भन्दै पत्र पत्र पठाएपछि नेपालले मंगलबार सोको जवाफ भारत पठाएको हो ।
नेपालले भारतलाई पठाएको सो पत्रमा लिम्पियाधुरालगायत भूमि नेपालकै भूभाग भएकाले त्यसक्षेत्रमा नेपालीको आवतजावत हुनु स्वाभाविक रहेको व्यवहोराको पत्र पठाएको छ ।
जलाई २०मा धार्चुलाका उपजिल्लाधिकारी अनिलकुमार शुक्लाले कालापानी, गुन्जी, लिम्पियाधुरा लगायतका क्षेत्रमा नेपालीको प्रवेश रोक्न आग्रह गर्दै नेपालको दार्चुलाका जिल्लाका प्रजिअलाई पत्र लेखेका थिए ।
नेपाल–भारतबीच धेरै ठाउँमा सीमा विवाद हुँदै आएको छ । नेपालले बारम्बार सीमा विवास हल गरौँ भन्दै अपील गर्दै आएको छ । तर, भारतले सोको बेवास्था गर्दै आएको छ ।
भारतले अटेर गरेपछि नेपालले लिम्पियाधुरासहितको आफ्नो प्रशासनिक तथा राजनीतिक नक्सा जारी गरेको छ । सीमाविद्हरूका अनुसार लिम्पियाधुरा, कालापानी क्षेत्रमा मात्रै भारतले करिब ३९ हजार ५०० हेक्टर नेपाली भूमि अतिक्रमण गरेको छ ।
नेपाल भारतबीच देखिएको सीमा विवाद समाधानका लागि नेपाल-भारत प्रबुद्ध समूह गठन गरिएको छ । सो समूहले नेपाल भारतमा पटक पटक गरी ९ पटक बैठक गरी प्रतिवदेन दुवै सरकारलाई बुझाएको छ ।
तर, भारतले विभिन्न बाहनामा सो प्रतिदेन बुझेको छैन ।