जेठ ०७, २०८१, सोमबार
               

स्थायी कमिटीलाई नियमित एजेण्डामा फर्काउनुपर्ने प्रचण्ड–माधव नेपाल पक्षको निष्कर्ष

नेपाल फ्ल्यास
साउन १२, २०७७

ADVERTISEMENT

काठमाडौं । नेकपाका  अध्यक्ष प्रचण्ड–माधव नेपाल पक्षले स्थायी कमिटीलाई नियमित एजेण्डामा फर्काउनुपर्ने निष्कर्ष निकालेको छ ।

सोमबार पार्टी अध्यक्ष दाहाल वरिष्ठ नेता माधवकुमार नेपाल झलनाथ खनाल नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशबीच भएको छलफलले यस्तो निष्कर्ष निकालेको हो ।

उल्लेखित नेताहरुबीच छलफल हुनुभन्दा अघि अध्यक्ष प्रचण्ड र उपाध्यक्ष वामदेव गौतमबीच छलफल भएको थियो । 

नेकपाभित्र भुसको आगोझै सल्केको विवाद असार १० बाट सुरु भएको स्थायी कमिटीसँगै बल्झेको छ । कमिटीमा कोभिड–१९ रोकथाम, नियन्त्रण र उपचार, सीमा समस्या, सरकार र पार्टीको कामको समीक्षा र एमसीसी एजेण्डाको सट्टा बहस शक्ति र पदमा रुपान्तरण भएपछि सो विवाद यतिखेर उत्कर्षमा पुगेको छ । 

त्यसमा पनि असार १४ मा प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई हटाउन भारत र पार्टीकै नेता लागेको अभिव्यक्तिले आगोमा घ्यू थपिदिएको थियो । जसका कारण अध्यक्षद्वयबीच औपचारिक बैठकमै भनाभन भएको थियो । त्यसलगत्तै अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपालले प्रधानमन्त्रीको अभिव्यक्तिको आलोचना मात्र नगरी ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट राजीनामा माग गर्दै आएका छन् । 

त्यसयता नेकपाको विवाद झन बल्झिएको छ । यो बीचमा दुई अध्यक्षबीच पटकपटक सहमतिका लागि छलफल भए पनि सहमति जुट्न सकेन । बरु आफू संकटमा परिसकेका प्रधानमन्त्री ओलीले  अध्यक्ष दाहाललाई राष्ट्रपतिका लगी केही कुरामा सहमति जुटाउने प्रयत्न गरेका थिए । तर, त्यो घटनासँगै संकट टरेसँगै  ओली ‌विस्तारै बलिया हुँदै आएका छन् ।

नेकपामा पछिल्लो समय विवाद अध्यक्षद्वयमा भन्दा पनि अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच देखिन थालेको छ । यसअघि अध्यक्षद्वयबीच पटकपटक कुरा भई सहमतिनजिक पुगेका दाहाल धेरैपटक फर्केर माधव गुटमा आउने गरेका छन् । 

राष्ट्रपतिकहाँ गएर विवादित बनेपश्चात अध्यक्ष दाहालले पूर्वमओवादीसँग छलफल गरी ओलीसँगै सहकार्य निकालेका थिए । तर, सो निर्णय गरेको केही दिनमै उनी पुन : वरिष्ठ नेता माधवकुमार नेपालसँग सहकार्य गरी अघि बढेका छन् । 


कस्तो लाग्यो ?

यो पनि