जेठ ०७, २०८१, सोमबार
               

फुटको संघारमा पुगेपछि नेकपामा तनाव : खुमलटारमा प्रचण्डनिकट नेताहरुको दाैडधुप

नेपाल फ्ल्यास
साउन १२, २०७७

ADVERTISEMENT

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको विवाद चलिरहेको बेलामा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवासमा आन्तरिक छलफल भएको छ ।

भेलामा मंगलबार बोलाइएको स्थायी कमिटीको बैठकबारे छलफल भएको र भोलिका लागि बोलाइएको बैठक  नरोक्ने निष्कर्षमा समेत पुगेको खुमलटार स्रोतले जानकारी दिएको छ ।  

पटक-पटक स्थगित हुँदै आएको स्थायी कमिटीको बैठकमा कसरी अघि बढ्ने भन्नेबारे छलफल भएको बताइएको छ । पार्टीभित्रको विवाद चर्कंदै गएपछि सहमति खोज्नका लागि स्थगित गरेको बैठकपछिको सहमतिको प्रयास पनि असफल भएपछि बहुमतको आधारमा स्थायी कमिटीबाटै निर्णय गरेर अघि बढ्ने तयारी भएको स्रोतले जनाएको छ ।

सोमबार बिहान भएको छलफलमा अध्यक्ष दाहालसहित वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, प्रवक्ता नारायणकाजी श्रेष्ठलगायत केही स्थायी कमिटीको सदस्यहरुको समेत सहभागिता रहेको थियो।  प्रधानमन्त्री केपी शर्मा ओलीको असार १४ गतेको अभिव्यक्तिपछि नेकपाभित्रको विवाद उत्कर्षमा पुगेको छ ।

पार्टीभित्रको विवाद चलिरहेको बेलामा प्रधानमन्त्री ओललीको सक्रियतामा नेकपा एमाले दर्ता प्रक्रिया अघि बढएको अध्यक्ष दाहालले सार्वजनिक रुपमै बताइसकेको छन् ।

पार्टीलाई विधि र पद्धतिमा चलाउनका लागि ओलीले एक पद छाड्नैपर्ने दाहाल नेपाल समूहको माग छ । तर, प्रधानमन्त्री ओली दुवै पदबाट राजीनामा नदिने पक्षमा छन् । यही विवादलाई लिएर पार्टी फुटको संघारसम्म पुगेको छ ।

प्रधानमन्त्री ओलीले पार्टीभित्रको विवाद समाधान गर्नका लागि मंसिरमा महाधिवेशन गर्ने प्रस्ताव  गरेका छन् । तर, दाहाल नेपाल समूहले मंसिरमा महाधिवेशन गर्न नसक्ने भन्दै ओलीले कुर्सी रक्षाको लागि नयाँ रणनीति अघि सारेको आरोप लगाउँदै आइरहेका छन्।
 


कस्तो लाग्यो ?

यो पनि