काठमाडौं । उपप्रधानमन्त्री तथा रक्षा मन्त्री ईश्वर पोखरेल र अमेरिकी राजदूत र्याण्डी बेरीबीच आइतबार भेटघाट भएको छ ।
भेटमा राजदूतले रक्षामन्त्री पोखरेलसँग एमसीसी अनुमोदनबारे सामान्य चासो राखेको बुझिएको छ ।
सत्तारुढ दलभित्रै एमसिसीले तहलका मच्चाइरहेका बेला आइतबार पोखरेल र राजदूतबीच भएको भेटघाटमा सोबारे छलफल भएको एक स्रोतले बतायो ।
उपप्रधानमन्त्री तथा रक्षा मन्त्री ईश्वर पोखरेलसँग आइतबार भएको भेटमा अमेरिकी राजदूत र्याण्डी बेरीले एमसीसी अनुमोदनबारे सामान्य चासो राखेको सो स्रोतले बतायो ।
तीन पटक दर्ता भएर पनि एमसीसी कम्प्याक्ट संसदबाट अनुमोदन भएको छैन । यसलाई अनुमोदन गर्ने कि नगर्ने भन्ने विषयमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रै दुई धार देखिन्छ ।
केही समयअघि अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बारे अध्ययन गर्न सत्तारुढ दल नेकपाले बनाएको कार्यदल बनाएको थियो ।
सो कार्यदलले नेपालको कानुनसँग बाझिने गरि गरिएको त्यस्तो सम्झौता प्रस्तुत आधारमा नै पारित हुन नसक्ने हुनाले केही बुदाँहरु सच्चाएर पारित गर्न सुझाव दिइएको थियो ।
खनालले पछिल्लो समय एमसीसी यथास्थितिमा पास गर्न नहुने पक्षमा खरो रुपमा उत्रिँदै आएका छन् । त्यस्तै सो समितिमा सहभागी भीम रावल पनि यथास्थितिमा एमसीसी सम्झोता पारित गर्न नहुने पक्षमा रहेका छन् ।
तर, समितिका अर्का सदस्य प्रदीपकुमार ज्ञवाली भने सो सम्झौता पास गर्नु पक्षमा रहेका छन् ।