बैशाख २८, २०८१, शुक्रबार
               

अख्तियार आयुक्त भन्छन् : एक रुपैयाँ घुस लिनेलाई पनि छाडिदैँन

नेपाल फ्ल्यास
साउन ११, २०७७

ADVERTISEMENT

काठमाडौं । प्रमुख आयुक्त घिमिरेले एक रुपैयाँ घुस लिनेलाई पनि नछाड्ने बताएका छन् । 

अख्तियार ठूला भ्रष्टाचारीप्रति नरम र दुई चार हजार घुस खाने सामान्य कर्मचारीविरुद्ध कडा रुपमा लागेको आरोप लागिरहेका बेला घिमिरेले प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा आइतबार यस्तो बताएका हुन् । 

‘एक रुपैयाँ खाए पनि भ्रष्टाचार भ्रष्टाचार नै हो, हामी साना ठूला भनेर बस्दैनौं ।’ घिमिरेले साना ठूला सबै भ्रष्टाचारीलाई कारबाहीको दायरामा ल्याउन आफू लागिपरेको बताएका छन् ।

यस्तो अपरेसन गर्दा आयोग पूर्वाग्रही नभएको घिमिरेको दाबी छ । सार्वजनिक खरिदको निर्णयलाई पनि नीतिगत हुनै नसक्ने घिमिरे बताउँछन् । पछिल्लो भ्रष्टाचार बढेको नभइ आयोगले सक्रियता बढाउँदा बढेजस्तो देखिएको उनको भनाइ छ ।


कस्तो लाग्यो ?

यो पनि