बैशाख २२, २०८१, शनिबार
               

पावरकाे सेन्टर भनेको नै भ्रष्टाचारको केन्द्रविन्दु हो : शर्मा

नेपाल फ्ल्यास
साउन ११, २०७७

ADVERTISEMENT

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता जनादर्न शर्मा प्रभाकरले भ्रष्टाचारको केन्द्र राजनीतिक क्षेत्र भएको बताएका छन् । 

प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको आइतबार बसेको बैठकमा पूर्वमन्त्रीसमेत रहेका शर्माले  यस्तो बताएका हुन् । 

उनले भने, ‘जहाँ पावर हुन्छ, त्यही भ्रष्टाचारको केन्द्र बन्छ ।’

‘हाम्रा राज्यका शक्ति केन्द्रहरुमा नैँ, भ्रष्टाचार हुन्छ । नाम किन लिनुपर्‍यो, म,म भने भइहाल्यो । मैले भन्ने के हो भने राजनीतिक क्षेत्र नै भ्रष्टाचारको केन्द्र हो ।’

अख्तियारमा राजनीतिक भागवण्डाका आधारमा नियुक्त हुँदा पनि समस्या भएको छ, उनले भने। तुलनात्मक रुपमा अहिलेभन्दा स्वतन्त्र अख्तियार बनाउनुका साथै जनताको मद्दत लिएर मात्र अख्तियार नियन्त्रण गर्न सकिने शर्माले बताए ।


कस्तो लाग्यो ?

यो पनि