बैशाख २२, २०८१, शनिबार
               

गोविन्दराज जोशीहरुलाई पार्टीबाट निस्कासन गरिएकोमा नेता कोइरालाको आपत्ति

नेपाल फ्ल्यास
साउन ११, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाली काँग्रेसका नेता डा शेखर कोइरालाले आफ्नो पार्टीले गरेको निर्णयविरुद्ध आपत्ति जनाएका छन् । पार्टीले पूर्वगृहमन्त्री गोविन्दराज जोशी र अर्का दुई नेतालाई कारवाही गरेकोमा त्यसप्रति आपत्ति जनाएका हुन् ।

‘आधारहीन र मनगढन्ते तर्क अगाडी सारेर गोविन्दराज जोशी, पुष्करनाथ ओझा र रामबहादुर बिष्टलाई कांग्रेस पार्टीबाट निष्कासन गरिनु दुर्भाग्य’ भएको उनले बताएका छन् ‘उहाँहरूले पार्टी र लोकतन्त्रका पक्षमा बगाउनुभएको रगत पसिनाको अवमूल्यन गर्ने काम भएको छ।’
सामाजिक सञ्जालमार्फत उनले भनेका छन् ।

राप्रपाका नेता सुनिलबहादुर थापाहरूलाई नेपाली काँग्रेस भित्र्याउन तयार रहेको पार्टीले आफ्नो पार्टीमा जीवन व्यत्तित गरेका वरिष्ठ नेताहरुलाई पार्टीबाट निष्कासन गर्दा पार्टी र कार्यकर्तामा के सन्देश जान्छ भनेर प्रश्न गरेका छन् ।

उनले भनेका छन् ‘  एकातिर हामी अन्य पार्टीबाट नेपाली कांग्रेसमा प्रवेश गराउदै छौं अर्को तिर आफ्नो सम्पूर्ण जीवन पार्टीमा व्यतीत गरेका बरिष्ठ नेताहरूलाई पार्टीबाट निष्कासन गर्छौं। यसले पार्टी र कार्यकर्तामा के सन्देश जान्छ?

शनिबार नेपाली काँग्रेसको केन्द्रीय अनुशासन समितिले पार्टीका पूर्व सहमहामन्त्री एवम् पूर्वमन्त्री गोविन्दराज जोशीसहित तीनजना नेतालाई पार्टी अनुशासन उल्लङ्घन गरेको भन्दै पार्टीबाट निष्कासन गरेको छ ।

समितिले गत चुनावमा पार्टीको हित विपरित कार्य गरेको भन्दै पूर्व सहमहामन्त्री जोशी, कैलालीका काँग्रेस नेता एवम् पूर्व राज्यमन्त्री पुष्करनाथ ओझा र डडेल्धुरा पार्टी कार्यालय सचिव रामबहादुर विष्टलाई पार्टीबाट पाँच वर्षका लागि निष्कासन गरिएको जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि