मंसिर ०७, २०८१, शुक्रबार
               

नेकपा प्रवक्ता श्रेष्ठको आक्रोश, ‘हद भयो, असह्य भयो’

नेपाल फ्ल्यास
साउन ११, २०७७

ADVERTISEMENT

पछिल्लो समय न्यायालयका निर्णयहरूमाथि पनि प्रश्न उठिरहेको अवस्थामा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले पनि आलोचना गरेका छन् । उनले न्यायालयका निर्णयहरूमाथि प्रश्न गरेका छन् ।

आइतबार सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘‪के हुँदै छ यस्तो ? न्यायालय र सिंगै राज्य प्रणाली र व्यवस्थामाथि नै प्रश्न उठ्ने गरी न्यायालयद्वारा निर्णय किन गरिँदै छ ? वास र छाक टार्ने समस्याबाट पीडित गरिब चेपाङ युवाको हत्या संवेदनशील सुरक्षा अंगबाट नै दर्दनाक ढंगले पिटिपिटी किन गरिन्छ र सुकुमबासी झुप्रामा आगो किन लगाइन्छ ? कथित दलित भएकै आधारमा बर्बर सामूहिक हत्या किन गरिन्छ ? हद भयो, असह्य भयो ।’ 

उनले थप लेखेका छन्, ‘न्याय स्थापित होस् र दोषीमाथि कारबाही होस् । यो अवाजलाई समयमै सम्बोधन गरौँ र राज्यका अंगहरूरुको लोकतन्त्रअनुरूप पुनर्संरचना गरी लोकतन्त्रलाई व्यवहारतः अभ्यास गरौँ र विकास गरौँ । अन्यथा निराशा, आक्रोस, अनिश्चय र तरलताको परिणाम के होला ? समयमै सबैले सोचौँ । परिणाम सधैँ सकारात्मक नै हुन्छ भन्न सकिन्न ।’

उनले सामाजिक सञ्जाल फेसबुकमा आक्रोशमिश्रित स्ट्याटस लेख्दै सर्वसाधारण मानिसमाथि राज्यका संयन्त्रहरू खनिएको भन्दै न्याय स्थापित हुनुपर्ने मागसमेत गरेका छन् ।

अन्याय र अत्याचारको क्रम नरोकिए त्यसको नतिजा सधैँ सकारात्मक मात्र नहुने भन्दै गम्भीर परिस्थिति आउन दिन नहुनेमा उनले जोड दिएका छन् ।


कस्तो लाग्यो ?

यो पनि