जेठ ०५, २०८१, शनिबार
               

पूर्वसहमहामन्त्री जोशीसहित तीन नेतालाई कांग्रेसले गर्‍याे निष्काशन

नेपाल फ्ल्यास
साउन १०, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाली कांग्रेसले पार्टीका पूर्वसहमहामन्त्री गोविन्दराज जोशीसहित तीन नेतालाई पार्टीबाट निस्काशन गरेको छ ।

 पार्टी अनुशासन उल्लंघन गरेको ठहर गर्दै कांग्रेसले पूर्वसहमहामन्त्री गोविन्दराज जोशी, महासमिति सदस्य पुष्करनाथ ओझा र डडेलधुरा जिल्ला कार्यालय सचिव रामबहादुर विष्टलाई निष्काशन गरेकाे हाे । 

कांग्रेस केन्द्रीय अनुशासन समितिको शनिबार बसेको बैठकले जोशी र ओझालाई ५/५ वर्ष र विष्टलाई ३ वर्ष पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको हो । अन्तिम स्पष्टीकरण चित्तबुझ्दो नभएको र अनुशासन समितिलाई प्राप्त सबुद प्रमाण अडियो/भिडियो पार्टी विधानविपरीत रहेको भन्दै कारबाही गरिएको शनिबार जारी विज्ञप्तिमा उल्लेख छ ।

जोशी यसअघिको प्रतिनिधिसभा चुनावमा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलविरुद्ध तनहुँ-१ मा बागी उम्मेदवार बनेका थिए । यद्यपि भ्रष्टाचारको मुद्दा विचाराधीन रहेकोले उनको उम्मेदवारी खारेज भएको थियो। 

ओझाले कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी आरजु राणालाई चुनाव हराउन भूमिका खेलेको आरोप छ । आरजु कैलालीको निर्वाचन क्षेत्र नम्बर ५ बाट उम्मेदवार बनेकाेमा तत्कालीन एमाले नेता नारदमुनी रानासँग पराजित भएकी थिइन् ।

कार्यालय सचिव विष्टले महिला संघका नेतृहरुलाई घाइते बनाएको आरोप छ । गत असार तेस्रो साता कार्यालय सचिव विष्टको कुटपिटबाट महिला संघकी केही नेतृहरु घाइते पनि भएका थिए ।

 


कस्तो लाग्यो ?

यो पनि