काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वमन्त्री सुनिलबहादुर थापासहित ३१ नेताले राप्रपाबाट राजीनामा दिएका छन् ।
शनिबार पार्टीका अध्यक्षत्रयलाई पत्र लेख्दै उनीहरुले संयुक्त राजीनामा दिएका हुन् ।
सो राजीनामा पत्रमा नेतृत्व ढुलमुले दृष्टिकोणका साथ अगाडि बढेकाले पार्टी एकीकरणपछि पनि आकर्षण नबढेको र आफूहरुले पटकपटक ध्यानाकषर्ण गराउँदा पनि जनमत प्रतिकुल अगाडि बढेकाले साथ दिन नसक्ने निष्कर्षमा पुगेको उल्लेख छ ।