जेठ ०७, २०८१, सोमबार
               

ओलीकै सक्रियतामा नेकपा एमाले दर्ता प्रक्रिया अघि बढेको दाहालको भनाइ

नेपाल फ्ल्यास
साउन ०९, २०७७

ADVERTISEMENT

काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमाले दर्ता अध्यक्ष केपी शर्मा ओलीकै  सक्रियतामा अघि बढेको बताएका छन् । 

पुष्पलाल स्मृति दिवसको अवसरमा अध्यक्ष दाहालले यस्तो बताएका हुन् । उनले भने, ‘किनकि पार्टीको बैठक चलिरहेकै बेलामा अर्का अध्यक्षको सक्रियता र पहलमा नेकपा एमाले दर्ता भएको छ ।’

यसका अलवा उनले अर्का अध्यक्ष ओलीतिर संकेत गर्दै पार्टी बैठक चलिरहेकै बेला देशभर केही कार्यकर्ता जिन्दावाद र मुर्दावादको नारा लगाउन लगाएको समेत उनले आरोप लगाए । 

यसअघि नेकपाको आन्तरिक विवाद चरम अवस्थामा पुगेका बेला निर्वाचन आयोगमा नेकपा एमाले दर्ताका लागि प्रकिया अघि बढाइएको थियो । 

जसका कारण केपी शर्मा ओली र अर्का अध्यक्षबीच मनमुटाव हुँदै आएको छ । यही विषयले नेकपाको विवाद चरम उत्कर्षमा पुर्‍याएको थियो । 


कस्तो लाग्यो ?

यो पनि