काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद एवं नेता प्रदीप गिरिले राष्ट्रपतिको भूमिकाले संसदीय व्यवस्थामाथि गम्भीर प्रश्न उठेको बताएका छन् ।
वर्तमानमा बिपी विचारको सान्दर्भिकता विषयक कार्यक्रममा नेता गिरिले प्रधानमन्त्रीको निर्णयमा कलमको मसी सुक्न नपाउँदै राष्ट्रपतिले पनि निर्णय लिनुले संसदीय व्यवस्थामाथि नै गम्भीर प्रश्न उठाएको बताएका हुन् ।
यसका अलवा उनले सो कार्यक्रमा नेपाली कांग्रेसले संसदमा सरकारको गलत क्रियाकलापमा केही नबोलेर निरीहता प्रदर्शन गरेको आरोप लगाएका छन् ।
बिपीको विचार छोडेर संघीयता गणतन्त्र र धर्म निरपेक्षतामा गएकोले नेपाली काँग्रेसले बिपी स्मृति र जयन्ती मनाउने अधिकार नभएको उनको भनाइ थियो । साथै, नेपाली काँग्रेस बिपीको सिद्धान्तमा नआएसम्म पार्टी एकीकरण हुन नसक्ने पनि बताए ।
नेपाली काँग्रेसले बिपीको सिद्धान्त भुलेको साँचो भएको बताउँदै उनले अहिले संविधान संकट परेको बताए ।
‘धेरै जनताले नस्विकारेको संविधान मात्र जाँदैन देश नै गम्भीर मोडमा उभिएको छ,’ उनले भने, ‘यसमा सम्पूर्ण प्रजातन्त्रवादीहरुले सोच्नुपर्छ ।’