काठमाडौं । आन्द्रा क्यान्सरको उपचार गराउँदै आएका कम्युनिष्ट नेता बरमन बुढाको निधन भएको छ । रोल्पाका नेता बुढाको निधन भएको पाटन अस्पतालले जनाएको छ ।
९० वर्षीय नेता बुढाको ललितपुरस्थित पाटन अस्पतालमा उपचारको क्रममा बुधबार बिहान निधन भएको जनाइएको छ । नेता बुढा २०४८ सालमा तत्कालीन संयुक्त जनमोर्चा नेपालबाट सांसद बनेका थिए ।
जनमोर्चाका विजयी ९ सांसदहरुमध्ये एकजना बरमन बुढा थिए । त्यतिबेला संसदमा जनमोर्चाको नेतृत्व कृष्णबहादुर महराले गरेका थिए ।