मंसिर ०१, २०८१, शनिबार
               

भदौ १ बाट विद्यार्थी भर्ना, अन्तरजिल्ला सवारी साधन आवतजावत र हवाई उडान खुला गर्ने मन्त्रिपरिषदको निर्णय

नेपाल फ्ल्यास
साउन ०६, २०७७

ADVERTISEMENT

काठमाडौं । सरकारले भदौ १ देखि विद्यार्थी भर्ना थाल्ने, परीक्षाका कार्यक्रम र शैक्षिक गतिविधि सुरु गर्ने निर्णय गरेको छ । 

मंगलबार बसेको मन्त्रिपरिषद बैठकले  यस्तो निर्णय गरेको हो । 

यसका अलवा मन्त्रिपरिषद बैठकले लामाे तथा छोटो दूरीमा र अन्तर्जिल्ला तहमा यात्रुबाहक सवारीसाधन सञ्चालन गर्न दिने निर्णय पनि गरेको छ । 

मन्त्रिपरिषद् बैठकको  यो निर्णयसँगै भदौ १ देखि नै  लामो तथा छोटो दूरीका सवारी साधन सञ्चालन हुने भएका छन् । साथै, आन्तरिक र बाह्य व्यवसायिक हवाई उडान खुला गर्ने निर्णय पनि मन्त्रिपरिषद बैठकले गरेको छ । 

यो पनि