काठमाडौं । सोमबार बसेको मन्त्रिपरिषद बैठकले साउन १५ देखि होटल–रेस्टुरेन्ट खोल्न दिने निर्णय गरेको छ ।
बैठकले ट्राभल व्यवसाय पनि खोल्न सकिने निर्णय गरेको नेपाल सरकारका सूचना तथा सञ्चारमन्त्री युवराज खतिवडाले जानकारी दिए ।
तर, उलने होटल–रेस्टुरेन्ट खुले पनि सामूहिक भोज, पार्टी र सेमिनारजस्ता गतिविधि सञ्चालन गर्न नपाइने बताए ।