जेठ ०७, २०८१, सोमबार
               

‘प्रचण्डलाई झुक्याएर राष्ट्रपति निवास पुर्‍याइएकोे होइन’

नेपाल फ्ल्यास
साउन ०६, २०७७

ADVERTISEMENT

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई झुक्काएर राष्ट्रपति निवास पुर्‍याइएको भन्ने कुरामा सत्यता नभएको बताएका छन् ।

बालुवाटारमा आज (मंगलबार) बसेको स्थायी कमिटी बैठकपछि पत्रकारसँग कुरा गर्दै प्रवक्ता श्रेष्ठले अध्यक्ष प्रचण्ड शीतलनिवास गएको कुरा सत्य भए पनि झुक्याएर पुर्‍याइएको भन्ने कुरा सत्य नभएको बताए-‘अध्यक्ष प्रचण्ड झुक्याएर लैजान सकिने खालको मानिस होइन । उहाँ जानु भएको सत्य हो, तर झुक्याएर कसैले लैजाँदैन, झुक्किएर कोही जाँदैन ।’

शनिबारको सचिवालय बैठकपछि पार्टी अध्यक्ष प्रचण्डले आफूलाई पूर्वएमालेका केही नेताले झुक्याएर शीतल निवास लगेर फसाउन खोजेको भन्ने ब्रिफिङ गरेको समाचार बाहिर आएका थिए ।

यो पनि