जेठ ०७, २०८१, सोमबार
               

नेकपा स्थायी कमिटी बैठक पुन: स्थगित

नेपाल फ्ल्यास
साउन ०६, २०७७

ADVERTISEMENT

काठमाडौं ।सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक फेरि स्थगित भएको छ । 

पटक पटक स्थगित हुँदै आएको बैठक फेरि साउन १३ गते बिहान ११ बजेसम्मका लागि स्थगित भएको हो । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले बाढी पहिरोमा परेकाहरुको राहत र उद्धारमा जुट्ने प्रस्ताव पास गर्दै बैठक स्थगित गरिएकाे स्राेतले बताएकाे छ । साथै सरकारलाई पनि राहत र उद्धारमा कुनै कसर बाँकी नराख्न आग्रह गरेको छ ।

बैठकमा प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली भने अनुपस्थित थिए । 


कस्तो लाग्यो ?

यो पनि