बैशाख १४, २०८१, शुक्रबार
               

प्रदेश सुशासनसम्बन्धी विधेयक पारित

नेपाल फ्ल्यास
साउन ०५, २०७७

ADVERTISEMENT

काठमाडौं  ।बागमती प्रदेशसभाको बैठकले  सुशासनसम्बन्धी विधेयक पारित गरेको छ । 

मुख्यमन्त्री डोरमणि पौडेलले पारित गरियोस् भनी प्रस्ताव गरेको सो विधेयक सोमबार परित भएको हो ।

बैठकमा मुख्यमन्त्री पौडेलले प्रदेशमा सुशासन ल्याई जनतालाई शान्तिसुरक्षा प्रदान गर्न र विकासको पूर्वाधारलाई तत्काल कार्यान्वयन गर्ने कार्यलाई ऐनले सहजीकरण गर्ने विश्वास व्यक्त गरे । 

उनले भने, ‘सत्तापक्ष र प्रतिपक्षका सदस्यले राख्नुभएका सुझाव र जिज्ञासालाई आफ्नो मन्त्रिपरिषद्ले आत्मसात् गर्ने र प्रदेशमा सुशासनका लागि भ्रष्टाचार नियन्त्रण गर्ने अभियानलाई सरकारले उच्च प्राथमिकता दिने र सरकारको नीति कार्यक्रमलाई पारदर्शी तथा निष्पक्ष ढङ्गबाट कार्य सम्पादन गर्न चालू आव २०७७/०७८ का लागि सरकारले कार्य सम्पादन करार सम्झौता गरिएको छ ।’

यसका अलवा उनले  चितवनको माडी नगरपालिका–९ कुसुमेखोलामा रहेका दुई घरलाई वन्यजन्तु आरक्षका सुरक्षाकर्मीले आगो लगाइदिएको र ती परिवारलाई अहिले विचल्ली बनाएको भन्दै दुःख प्रकट व्यक्त गरेका छन् । साथै, उनले ती परिवारलाई तत्कालै राहत उपलब्ध गराई बसोबास गराउनु पर्ने बताए । 

यो पनि