जेठ ०७, २०८१, सोमबार
               

अर्लि महाधिवेशन नमान्ने सन्देश लिएर  बालुवाटार पुगे प्रचण्ड
ओली– प्रचण्डबीच वान टु वान वार्ता

नेपाल फ्ल्यास
साउन ०४, २०७७

ADVERTISEMENT

काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता सुरु भएको छ । पार्टीभित्र देखिएको विवादबारे छलफल गर्न प्रचण्ड बालुवाटार पुगेका हुन् ।

शनिवार दुई अध्यक्षबिचमा मङ्सिरमा अर्ली महाधिवेशन गर्ने सहमति भएको थियो । तर प्रचण्ड निवास खुमलटारमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्षसँग बसेको बैठकले त्यसलाई अस्वीकार गर्ने निष्कर्ष निकालेको थियो । प्रधानमन्त्री ओलीले शनिवारको सचिवालय बैठकमा अर्ली महाधिवेशन मङ्सिरमा गर्ने प्रस्ताव गरेका थिए । प्रधानमन्त्रीको प्रस्तावलाई प्रचण्डले पनि साथ दिएका खबर सार्वजनिक भएको थियो । 
बहुमत सचिवालय सदस्यले प्रधानमन्त्री ओलीलाई दुवै पदबाट हटाउने तयारी गरेपछि उनले ‘अर्ली महाधिवेशन’को प्रस्तावमा पार्टी अध्यक्ष पुष्पकमल दाहाललाई पनि सहमत गराएका थिए । सो खबरसँगै विवादमा ट्विस्ट देखा परेको थियो ।

तर बैठकमा दुई अध्यक्षको चोचोमोचो नमान्ने भन्दै वरिष्ठ नेता माधवकुमार नेपालले विरोध गरेका थिए । नेपाल र उनीनिकटका स्थायी समिति सदस्यहरू र प्रचण्डबिच आईतर भएको छलफलले ओलीको प्रस्ताव नमान्ने निष्कर्ष निकालेको  छ । अघिल्लो दिन सहमति जनाएको अर्लि महाधिवेशन अव भने नमान्ने सन्देश लिएर प्रचण्ड बालुवाटार पुगेका खुमलटार स्रोतको दाबी  छ ।

आइतबार बिहान प्रचण्ड निवास खुमलटारमा बिहान ९ बजेदेखि सचिवालयका चार नेताहरूबीच छलफल भएको थियो । छलफलमा वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठ थिए । बैठकमा प्रचण्ड र नेपाल दुवै पक्षका केही स्थायी समिति सदस्यसमेत सहभागी थिए । 


कस्तो लाग्यो ?

यो पनि