जेठ ०७, २०८१, सोमबार
               

नेकपा सचिवालय बैठक सुरु

नेपाल फ्ल्यास
साउन ०३, २०७७

ADVERTISEMENT

काठमाडौं । बालुवाटारमा नेकपाकाे सचिवालय बैठक सुरु भएकाे छ । सचिवालय सुरु हुनुपूर्व शीर्ष नेताहरू शनिबार बिहानैदेखि छलफलमा सक्रिय भए । कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा बिहानै दुई घण्टासम्म सचिवालयका पाँच सदस्य छलफलमा जुटे । 

खुमलटार छलफलमा अध्यक्ष प्रचण्ड, वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधव नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ सहभागी थिए । 

त्यसैगरी सचिवालय बैठक अगाडि प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बालुवाटारमा छलफल भएको छ । उक्त छलफलमा पार्टी महासचिव विष्णु पौडेल र नेता जनार्दन शर्मासमेत सहभागी थिए । 

असार १० गते शुरू स्थायी कमिटी बैठकले निकास दिन नसकेपछि नेकपाभित्र केन्द्रीय कमिटी बैठक बोलाउने तयारी भएको थियो । केन्द्रीय समितिमा लैजानुभन्दा सचिवालय बैठकमार्फत निकास खोज्न भन्दै शनिवारका लागि सचिवालय बैठक बोलाइएको हो ।  


कस्तो लाग्यो ?

यो पनि