जेठ ०७, २०८१, सोमबार
               

दिउँसो तीन बजे नेकपाकाे सचिवालय बैठक

नेपाल फ्ल्यास
साउन ०३, २०७७

ADVERTISEMENT

काठमाडौं । आज दिउँसो तीन बजे सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक बस्ने भएको छ । पार्टी भित्रैको विभिन्न आन्तरिक विवाद समाधानको लागि उक्त बैठक बस्न लागेको बताइएको छ ।

सरकारको क्रियाकलाप र पार्टी एकताको बाँकी विषयमा प्रधानमन्त्री अध्यक्ष केपी शर्मा ओलीले एकलौटी निर्णय गर्न थालेको भन्दै पार्टीमा आन्तरिक असन्तुष्टि बढेको छ ।

नेकपाको विवादले उग्र रुप लिएपछि शुक्रबार प्रधानमन्त्री ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भएको छलफलमा यसअघि जारी स्थायी कमिटी बैठक स्थगित गरेर सचिवलाय बैठक बोलाउने सहमति भएको थियो । 
 


कस्तो लाग्यो ?

यो पनि