जेठ ०७, २०८१, सोमबार
               

नेकपाका नेतामाथि बम प्रहार, प्रहरीले थाल्यो गम्भीर अनुसन्धान

नेपाल फ्ल्यास
साउन ०३, २०७७

ADVERTISEMENT

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का एक नेतामाथि बम प्रहार भएको छ । सिरहा जिल्ला औरही गाउँपालिका–५ का नेकपाका नेता तथा पूर्व गाविस अध्यक्ष सुवरण यादवमाथि बम प्रहार भएको प्रहरीले जनाएको छ ।

नेता यादवमाथि अज्ञात समुहले बम प्रहार गरेर घाइते बनाएको बताइएको छ । उनलाई उपचारको लागि सदरमुकामस्थित जिल्ला अस्पतालमा लगिएको प्रहरीको भनाइ छ । यस घटनाबारे प्रहरीले गम्भीर अनुसन्धान सुरु गरेको छ ।


कस्तो लाग्यो ?

यो पनि