जेठ ०९, २०८१, बुधबार
               

कोभिड-१९ को प्रभावलाई न्यूनीकरण गर्नेगरी मौद्रिक नीति ल्याउन कांग्रेसको सुझाव

नेपाल फ्ल्यास
साउन ०१, २०७७

ADVERTISEMENT

कांठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले  सरकारलाई कोभिड-१९ ले पारेको प्रभावलाई न्यूनीकरण गर्ने खालको मौद्रिक नीति ल्याउन सुझाव दिएको छ।

नेपाली कांग्रेस अर्थतन्त्रसम्बन्धी विशेष समितिले बिहीबार पत्रकार सम्मेलन गर्दै सरकारलाई यस्तो सुझाव दिएको हो । 

कोभिड-१९ का कारण मुलुक आर्थिक मन्दीमा फसेको भन्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले  सरकारलाई  आर्थिक पुनरूत्थान, दीर्घकालीन आर्थिक वृद्धि, वित्तीय सुधार, विनिमय दर एवम् बाह्य भुक्तानी सन्तुलनमा केन्द्रित रहेर मौद्रिक नीति ल्याउन सुझाव दिएको सरकारलाई  सुझाव दिएको छ । 

कांग्रेसले भनेको छ, ‘ आगामी मौद्रिक नीति विशेष परिस्थितिमा आउन लागेकाले मौद्रिक र वित्तीय नीति दुबैको लक्ष्य महामारीले थोपारेको स्वास्थ्य, आर्थिक र मानवीय संकटबाट समाजलाई पार लगाउन सहयोग गर्न कांग्रेसको सुझाव छ।

यसका अलवा  कांग्रेसले अनौपचारिक क्षेत्रमा संलग्न धेरैको रोजगारी गुमेकोले लघुवित्त संस्थाहरुलाई सबल र स्रोत सम्पन्न बनाई कृषि तथा पशु विकास कार्यक्रम, बिमा, सीप र व्यवसायिक तालिम, स्वरोजगारी प्रवर्द्धन गरी कृषि व्यवसायको संरक्षणमा जोड दिनुपर्ने  सुझाव दिएको छ । 

अधिकांश ऋणीहरूले साँवा र ब्याजको किस्ता समयमा तिर्न सक्ने अवस्था नरहेको हुँदा बैंक तथा वित्तीय संस्थाको नगद प्रवाहमा प्रतिकूल असर पर्ने देखिएकाले तरलता व्यवस्थापनका लागि सीसीआर, सीसीडी, रिपोजस्ता उपकरणमार्फत् केन्द्रीय बैंकले समस्याको समाधान गर्नुपर्ने कांग्रेसले सुझाएको छ।


कस्तो लाग्यो ?

यो पनि