बैशाख २०, २०८१, बिहीबार
               

आजको बैठकमा पनि सहमति जुटेन, भोलि स्थायी कमिटी बैठक बस्ने

नेपाल फ्ल्यास
साउन ०१, २०७७

ADVERTISEMENT

काठमाडौं । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधव नेपालबीचको छलफल बिनानिष्कर्ष सकिएको छ ।

बैठकमा प्रचण्ड र नेपालले ओलीले राजीनामा दिनैपर्ने पूर्ववत अडान दोहोर्‍याएपछि बैठक निष्कर्षबिहीन बनेको स्रोतले जनाएको छ । 

भोलि शुक्रबारलाई निर्धारित स्थायी कमिटी बैठक भने नरोकिने सहमति भएको ताइएको छ ।

बैठकमा प्रचण्ड र नेपालले राजीनामाको विषय अघि सारे पनि ओलीले कुनै पनि हालतमा राजीनामा नदिने बताएका थिए । 

करिब साढे २ घण्टा चलेको बैठकमा आ–आफ्नै अडान कायम भएपछि बैठक त्यसै सकिएको थियो । 

यसअघि विवाद समाधानका लागि ओली र प्रचण्डबीच छलफल हुँदै आएकोमा आजको बैठकमा नेपाल पनि सहभागी भएका हुन् । 

गत असार १६ गतेको स्थायी कमिटी बैठकमा अध्यक्ष प्रचण्डसहितका नेताहरुले दुवै पदबाट ओलीलाई राजीनामा दिन सुझाव दिए पनि उनी आफूले राजीनामा नदिने बताउँदै आएका छन् । 


कस्तो लाग्यो ?

यो पनि