बैशाख २०, २०८१, बिहीबार
               

बालुवाटारमा शीर्ष तीन नेताहरुबीच छलफल सुुरु

नेपाल फ्ल्यास
साउन ०१, २०७७

ADVERTISEMENT

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र बढ्दै गएको विवाद समाधानको लागि आज (बिहीबार) शीर्ष तीन नेताहरुबीच छलफल सुरु भएको छ ।

प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधव कुमार नेपालबीच बिहान साढे ११ बजेदेखि बालुवाटारमा छलफल सुरु भएको हो ।

ओली र प्रचण्डबीच पटक पटक छलफल भए पनि सहमति नजुटेपछि प्रचण्डको प्रस्तावमा माधव कुमार नेपाल पनि छलफल (वार्ता) मा सहभागी भएका हुन् ।

नेता नेपाललाई समेत वार्तामा सहभागी भएपछि आजको छलफलले निकास दिन सक्ने नेकपा नेताहरुले बताएका छन् ।

असार १० गतेदेखि सुरु भएको नेकपा स्थायी कमिटी बैठकमा बोल्ने अधिकांश सदस्यले ओलीले पार्टी अध्यक्ष र प्रधानमन्त्री दुबै पदबाट राजीनामा दिनुपर्ने माग गरेपछि नेकपामा विवाद चुलिएको छ ।

प्रचण्डसँगको सबैजसो वार्तामा ओलीले आफूले दुबै पद नछाड्ने अडान दोहोर्‍याउने गरेका छन् । 

हिजो (बुधबार) पनि करिब तीन घण्टा ओली प्रचण्डबीच वार्ता भएपनि कुनै सहमति जुट्न सकेको थिएन ।

नेकपा स्थायी कमिटी बैठक भोलि (शुक्रबार) बस्दैछ । तीन शीर्ष नेताबीच आजको छलफलमा सहमति नभए पनि भोलिको लागि यस अघि नै तय भएको स्थायी कमिटी बैठक भने नरोकिने एक नेताले बताए ।


कस्तो लाग्यो ?

यो पनि