बैशाख २४, २०८१, सोमबार
               

भ्रामक समाचारप्रति प्रेस काउन्सिलले सुरु गर्यो अनलाइनलाई कारबाही

नेपाल फ्ल्यास
असार ३१, २०७७

ADVERTISEMENT

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीबारे गलत तथा भ्रामक समाचार सम्प्रेषण गरेको भन्दै नेपाल प्रेस काउन्सिलले केही त्यस्ता अनलाइनलाई कारबाही प्रक्रिया अघि बढाएको छ ।

प्रेस काउन्सिलका कार्यबाहक अध्यक्ष किशोर श्रेष्ठले प्रधानमन्त्री ओलीको  विदेशी बैंकमा खाता र वार्षिक ६ करोड रुपैयाँ लाभांश जस्ता अपुष्ट तथा भ्रामक र काल्पनिक कथा लेखेर आफ्नो अनलाइनको भ्युअर्स बढाउने कोसिस गरेको भन्दै केही अनलाइन मिडियालाई कारबाही प्रक्रिया अघि बढाएको जानकारी दिए ।

उनले आफ्नो फेसबुकमा लेखेका छन्, ‘सम्माननीय प्रधानमन्त्रीज्यूको विदेशी बैंकमा खाता र वार्षिक ६ करोड लाभांश जस्ता अपुष्ट,भ्रामक र काल्पनिक कथा लेखी भ्युअर्स बढाउने कोशिश केही अनलाइन मिडियाबाट भएको पाइएको छ, अरुका सामग्री तानेकै भए पनि सो को आफ्नो तर्फबाट स्वतन्त्र पुष्टि नगरिएको र यस्तो कार्य पत्रकार आचारसंहिताबिपरित ठहरिएकोले यसवारे प्रेस काउन्सिल नेपालको गम्भीर ध्यानाकर्षण भइ आवश्यक कारबाही प्रक्रिया अघि बढेको ब्यहोरा अवगत गराइन्छ ।’


कस्तो लाग्यो ?

यो पनि