बैशाख २३, २०८१, आइतबार
               

नेपाली मिडियाबाट भारतले सिक्नुपर्छ : शेखर कोइराला

नेपाल फ्ल्यास
असार २९, २०७७

ADVERTISEMENT

नेपाली कांग्रेस नेता डा. शेखर कोइरालाले मिडियाको जिम्मेवारीका विषयमा  भारतले नेपाली मिडियासँग सिक्नुपर्ने बताएका छन् । जिम्मेवारी के हो भन्ने नेपाली मिडियाबाट भारतले सिक्नुपर्ने उनले बताए । नेपाल र प्रधानमन्त्री केपी शर्मा ओलीको विषयमा भारतीय मिडियाले आपत्तिजनक सामग्री प्रशारण गरिरहेका बेला नेता कोइरालाले यस्तो धारणा राखेका हुन् ।

भारतीय मिडियाले दुई देशको सम्बन्धमा आँच आउने सामग्री प्रसारण गरेको डा. कोइरालाको निष्कर्ष छ । ‘केही भारतीय मिडियाले नेपालका प्रधानमन्त्रीको चरित्र हत्या गर्ने र दुई देशको सम्बन्धमा आँच आउने सामग्री प्रशारण गर्नु दुःखद् कुरा हो,’ उनले ट्विटरमा लेखेका छन्, ‘मिडियाको जिम्मेवारी उनीहरूले नेपालबाट सिक्नुपर्ने देखिन्छ ।’


कस्तो लाग्यो ?

यो पनि